त्रिविको ५१औँ दीक्षान्त समारोह, १६ हजार ३८० विद्यार्थी दीक्षित

काठमाडाैं | पुस १०, २०८२

त्रिविको ५१औँ दीक्षान्त समारोह, १६ हजार ३८० विद्यार्थी दीक्षित

काठमाडौं:  त्रिभुवन विश्वविद्यालयका १६ हजार विद्यार्थी दीक्षित भएका छन्। दशरथ रगंशालामा आज ९बिहीबार० भएको ५१औँ दिक्षान्त समारोहमा आज १६ हजार ३८० विद्यार्थी दीक्षित भएका हुन्। 


त्रिविबाट यस नर्ष स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन्। यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका थिए। 


त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन्।


भौतिकशास्त्र तर्फ नोबेल पुरस्कार विजेता जापानका आकाताकी काजिताको प्रमुख आतिथ्यतामा भएको समारोहमा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदक पाएका छन्। 


दीक्षान्त समारोहमा त्रिवि कुलपति एवम् प्रधानमन्त्री सुशीला कार्कीले  शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर गरेको बताएकी छन्। 


‘शैक्षिक प्रशासनमा दलीय हस्तक्षेपले असर पारेको बुझेर नै केही ठोस पहल थालेको छौँ। प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्कता बोध भएको छ। यस विषयमा गम्भीर परामर्श र गृहकार्य  भईरहेको छ,’ प्रधानमन्त्री कार्कीले जनाएकी छिन्।


प्रधानमन्त्री कार्कीले विश्वविद्यालयले शैक्षिक क्रियाकलाप प्रविधिको प्रयोग, अनुसन्धान गुणस्तर र वैश्विक पहुँच वृद्धि गर्दै अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा अझै अब्बल सावित गर्न आवश्यक गरेको बताइन्।


‘धेरै विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालयको ठूलो संरचना र आकारले मात्र गुणस्तरीय र अन्तराष्ट्रिय स्तरको शिक्षा सुनिश्चित गर्दैन। प्राध्यापक विद्यार्थीको सही अनुपात कायम गर्दै गुणस्तरीय शिक्षा र उच्च गुणस्तरका अनुसन्धान सामग्री प्रकाशन गर्ने कार्यमा प्राध्यापक, विद्यार्थी तथा व्यवस्थापन सबै पक्ष थप क्रियाशील हुन जरुरी भएको देख्दछु,’ प्रधानमन्त्री कार्कीले उल्लेख गरेकी छिन्। 


समारोहमा विश्वविद्यालयका सहकुलपति एवम् शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले दीक्षित भएका विद्यार्थीहरूलाई आफूले पाएको ज्ञान र प्रविधिलाई चेतना, विश्वास, सद्भाव र समृद्धि सहित अर्थतन्त्र विकासको माध्यम गराई पछौटेपन, अशिक्षा र गरिबी विरुद्धको औजार बनाउन आग्रह गरे।

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्